दफा १४
पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत हुने
: (१) देहायको अवस्थामा कुनै पब्लिक कम्पनी यस दफा बमोजिम प्राइभेट कम्पनीमा परिणत हुनेछ ः-
(क) कुनै पब्लिक कम्पनीको शेयरधनीको सङ्ख्या सातजना भन्दा कम भएमा,
(ख) पब्लिक कम्पनीले दफा ११ बमोजिम आफ्नो चुक्ता पुँजी कायम गर्न नसकेमा वा दफा ५७ बमोजिम पुँजी घटाएको कारणले दफा ११ बमोजिमको चुक्ता पुँजी कायम नरहेमा ।
तर दफा ११ को उपदफा (२) बमोजिमको कम्पनीको हकमा यो व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिमको अवस्था परेमा सम्बन्धित पब्लिक कम्पनीले छ महिनाभित्र
आफ्नोप्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरी प्राइभेट कम्पनीमा परिणत गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम संशोधन भएको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि संलग्न
राखी सम्बन्धित पब्लिक कम्पनीले प्राइभेट कम्पनीमा परिणत हुनको लागि त्यसरी संशोधन भएको तीस दिनभित्र कार्यालय समक्ष तोकिए बमोजिमको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम कार्यालय समक्ष निवेदन प्राप्त हुन आएमा कम्पनी दर्ता
किताबमा त्यस्तो कम्पनीलाई प्राइभेट कम्पनीमा परिणत गरेको व्यहोरा जनाई साठी दिनभित्र
तोकिए बमोजिम प्राइभेट कम्पनीमा परिणत भएको प्रमाणपत्र दिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत भएमा त्यसरी
परिणत हुने पब्लिक कम्पनीको सबै सम्पत्ति तथा दायित्वहरु पछिल्लो कम्पनीमा सर्नेछ ।